२०८३, कार्तिक १५ गते आइतबार

लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’


  • मेरोभ्यूज
  • पौष ६, २०८२ आइतबार

  • लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

     

    कैलाली । सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ ।

    कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ ।

    सोही महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा, परम्परा झल्कने थारू कला प्रदर्शनी घर पनि सञ्चालनमा छ । जहाँ उक्त सामुदायले प्रयोग गर्ने विभिन्न पहिरन, खेतीपाती तथा दैनिक प्रयोगमा आउने सामग्री, विभिन्न कलात्मक चित्रलगायत सामग्री राखिएका छन् ।

    यसैगरी, प्रदर्शनी घर परिसरमा थारू समुदायका विभिन्न खानाका परिकार रहेका ३० वटा व्यापारिक कक्ष पनि रहेका छन् । ती कक्षमा थारु समुदायले परम्परादेखि सेवन तथा खानपान गर्ने परिकार बिक्रीका लागि राखिएका छन् । व्यापारिक कक्षमा माछाको सिद्रा, घोँगी, ढिक्री, झिँगा माछा तथा परेवा, मुसा, बङ्गुर, गङ्गटालगायत मासुको प्रकार साझा जस्तै छन् ।

    प्रदर्शनी घरमा थारू परिकार पाइनुका साथै थारू संस्कृतिका विभिन्न गीत, नाचगान प्रस्तुति गर्ने गरिएको छ । यहाँ अवलोकनका लागि आउने दर्शकले ती लोकगीत सुन्न तथा नाचगानमा झुम्मिन्छन् । सञ्चालक बलीचरण चौधरीले पछिल्लो समय लोप हुँदै गएका थारू जातिका लोककला, संस्कृति तथा खानपानलाई जगेर्ना गर्ने उद्देश्यले थारू कला प्रदर्शनी घर सञ्चालनमा ल्याइएको जानकारी दिए ।

    उनले प्रत्येक वर्ष महोत्सवस्थलमा प्रदर्शनी घर राख्दै आएको छ । चौधरीले त्यसको व्यवस्थापनका लागि रु १० लाख जति लगानी गरेको र करिब रु १५ लाखबराबरको कारोबार हुने अनुमान रहेको बताए ।

    “यहाँ मात्र नभई अन्य विभिन्न ठाउँमा हुने मेला महोत्सवमा पनि थारू सङ्ग्रालय तथा थारू कला प्रदर्शनी घर सञ्चालन गर्दै आएको छु । यसले आम्दानीका साथै आफ्नो समुदायको लोकसंस्कृति, खानपान, रहनसहनको प्रचार गर्न पनि सघाउ पुगेको छ”, उनले भने ।

    -----


    प्रकाशित : आइतबार, पौष ६ २०८२०८:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार