
काठमाडौं । हालै सम्पन्न साङिग्रला डेभलपमेन्ट बैंकको २१औं बार्षिक साधारणसभाले हाल बैंकको कायम चुक्ता पूँजी रु. ३,५५,६२,५५,७१९.५५ को ५.३५८३ प्रतिशतको दरले हुने रकम रु. १९,०५,५३,६२६.३० नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कायम चुक्ता पूँजीको ५ प्रतिशतको दरले हुने रकम रु. १७,७८,१२,७८५.९८ भने बोनस शेयर जारी गर्ने भएको बैंकले घोषणा गरेको छ ।
यसै अनुरुप बैंकले रु. ३,७३,४०,६८,५०५.५३ चुक्ता पूँजी पुर्याउने लक्ष्य राखेको छ ।
साधारणसभाले बैंकको आ.व. २०८१/०८२ बार्षिक प्रतिबेदन पारित गरेको छ भने लेखापरीक्षकको प्रतिबेदनसहित नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण, आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धका साथमा विभिन्न प्रस्तावहरुसमेत साधारणसभामा पारित भएका छन् ।
शेयरधनीहरुबाट उठाइएका विभिन्न सवालहरुको जवाफ दिदै बैंकका अध्यक्ष उज्ज्वल सत्यालको सभापतित्व तथा अन्य पदाधिकारीको आतिथ्यमा कालिकास्थान, काठमाडौंमा साधारणसभा सम्पन्न भएको थियो ।


