
काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडको ११औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । गौशाला, काठमाडौंमा कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटीको सभापतित्वमा मङ्गलबार सम्पन्न सो साधारणसभाले अध्यक्ष शिवाकोटीद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिबेदनसहित चालु आ.व.को वासलात, नाफा/नोक्सान हिसाब पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धको साथमा विभिन्न विशेष प्रस्तावहरुसमेत साधारणसभामा पारित भएका छन् ।
साधारणसभाले ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ भने कम्पनीले ०.२६३ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ ।
आ.व. २०८२ मा कम्पनीको शेयर पूँजी रु. २०,१५,००,०००.०० भएकोमा अग्रिम शेयर पूँजी रु. १,३२,७८,६४०.०० गरी जम्मा रु.२१,४७,७८,६४०.०० शेयर पूँजी भएको छ ।
कम्पनीको भावी योजना अन्तर्गत कम्पनीको बसपार्क स्थललाई ठूलो र व्यवस्थित बनाउने, खानेपानी ट्याङ्की निर्माण तथा पाइपलाइन विस्तार गरिने कम्पनी जनाएको छ भने बत्ती व्यवस्थापन, टिकट काउन्टर निर्माण, सुरक्षा पोस्ट, बैङ्किङ सुबिधा, इभी गाडी चार्जिङ स्टेसन व्यवस्थापन गरिनेलगायत रहेका छन् ।
यसैगरी साधारणसभामा शेयरधनीहरुबाट उठाइएका विभिन्न सवालहरुको जवाफ अध्यक्ष शिवकोटीले दिएका थिए । साथै विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो । स्मरण रहोस २०७५ कार्तिकबाट केबुलकार संचालनमा आएको हो ।


