काठमाडौं । लक्ष्मी सनराइज बैंकक लिमिटेडको २५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
हालै कमलपोखरी, काठमाडौंमा बैंकका अध्यक्ष रमण नेपालको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समिति द्वारा प्रस्तुत बैंकको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
लेखापरीक्षकको प्रतिबेदन, वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धको साथमा विभिन्न विशेष प्रस्तावहरुसमेत साधारणसभामा पारित भएका छन् ।
साधारणसभाले हाल बैंकको चुक्ता पूँजीको ०.५३ प्रतिशतका दरले हुने रकम रु. १२,८१,३९,५३८.०० नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । १० प्रतिशतको दरले हुने रकम रु. २,४३,४६,५१,२२३.०० बराबरको बोनस शेयर वितरण गर्ने बैंकले जनाएको छ भने आ.व. २०८१/०८२ मा बैंकको निक्षेप रु.३७१ अर्ब कर्जा रु. २८७ अर्ब भइ रु.४४३ अर्ब वासलात हिसाब कायम भएको छ भने चालु आ.व.मा ४ अर्ब ६ करोड खुद मुनाफा गरेको बैंकले जनाएको छ ।
साधारणसभामा उठेका विभिन्न सवालहरुको जवाफ अध्यक्ष नेपाल तथा अन्य पदाधिकारीहरुले दिएका थिए । यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

