२०८३, कार्तिक १२ गते बिहीबार

ईङवा हाइड्रोपावरको १६औं बार्षिक साधारणसभा सम्पन्न

ईङवा हाइड्रोपावरको १६औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • पौष १८, २०८२ शुक्रबार

  • ईङवा हाइड्रोपावरको १६औं बार्षिक साधारणसभा सम्पन्न

     

    काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    कम्पनीकी अध्यक्ष सुमित्रादेवी न्यौपानेको सभापतित्वमा गौशाला, काठमाडौंमा हालै सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष न्यौपानेद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले चालु आ.व.को लेखापरीक्षण प्रतिबेदनसहित वासलात, नाफा/नोक्सान हिसाब नगद प्रवाह विवरण पारित गरेको भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार हाल कम्पनीको अधिकृत पूँजी रु. ९७ करोड रहेको छ भने जारी पूँजी रु. ६० करोड तथा चुक्ता पूँजी पनि ६० करोड नै रहेको छ ।

    यसैगरी यस आ.व.मा विद्युत बिक्रीबाट कम्पनीले रु. २८,५०,६३,०३६।०० आयआर्जन गरेको साधारणसभामा जानकारी गराइएको थियो ।

    आगामी दिनहरुमा राम्रो प्रतिफल दिनेगरी नीति कार्यक्रम अगाडि बढाइने प्रतिबद्धता कम्पनीले गरेको छ भने साधारणसभामा उठेका विभिन्न सवालहरुको जवाफ अध्यक्ष न्यौपानेले दिएकी थिइन । यसैबीच विविध कार्यक्रम को साथमा साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : शुक्रबार, पौष १८ २०८२०८:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार