२०८३, कार्तिक १२ गते बिहीबार

विभिन्न प्रस्ताव पारित गर्दै बालाजी साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न

विभिन्न प्रस्ताव पारित गर्दै बालाजी साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • पौष १९, २०८२ शनिबार

  • विभिन्न प्रस्ताव पारित गर्दै बालाजी साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न

     

    काठमाडौं । बालाजी बचत तथा ऋण सहकारी सस्था लि. नयाँ बानेश्वर, काठमाडौंले १८औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    सस्थाका अध्यक्ष टङ्कप्रसाद तिमल्सिनाको सभापतित्वमा हालै सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष तिमल्सिनाद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभामा लेखापरीक्षकको प्रतिबेदनको साथमा २०८२ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब तथा अन्य कारोबारी प्रतिबेदनसमेत पारित भएको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत वासलात अनुसार २०८२ असार समान्तसम्म सस्थाको शेयर पूँजी ८६ लाख १४ हजार ८०० रुपैयाँको भएको छ । बचत निक्षेप ८ करोड ७० लाख ९९ हजार ४२१ रुपैयाँ भइ कर्जा तथा लगानी ७ करोड ३६ लाख ९४ हजार ४११ रुपैयाँ हुन गएको छ । २ करोड ५८ लाख ३५ हजार ५७३ रुपैयाँ बैंक मौज्दात रहेको सो सहकारीले असार मसान्तसम्म १० करोड ६८ लाख ६६ हजार ४८० रुपैयाँको कूल कारोबार गरेको छ ।

    साधारणसभामा सहकारीकर्मी, अभियन्ता, सस्थाका पदाधिकारीहरु, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो भने विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : शनिबार, पौष १९ २०८२०९:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार