काठमाडौं । उज्ज्वल भविश्य बचत तथा ऋण सहकारी सस्था लि. टोखा, काठमाडौंले १८औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
बसुन्धरा, काठमाडौंमा सस्थाका अध्यक्ष बाबुराम घिमिरेको सभापतित्व तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष घिमिरेद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
लेखापरीक्षण प्रतिबेदन, आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम, अनुमानित बजेट सम्बन्ध साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार आ.व. २०८२ असार मसान्तसम्म सस्थाको शेयर पूँजी ३ करोड ८० लाख १८ हजार २०० रुपैयाँको भएको छ । बचत निक्षेप १६ करोड २७ लाख ८४ हजार २२ रुपैयाँ भइ ऋण लगानी १३ करोड ५६ लाख ५४ हजार २७६ रुपैयाँ हुन गएको छ । ७ करोड ६९ लाख ९० हजार ७९१ रुपैयाँ बैंक मौज्दात रहेको सो सहकारीले असार मसान्तसम्म २१ करोड ३३ लाख ९७ हजार ११ रुपैयाँको कूल कारोबार गरेको छ ।
विभिन्न महानुभावहरुलाई सम्मानसमेत गरिएको सो साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, जनप्रतिनिधि, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो । यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

