काठमाडौं । मिड सोलु हाइड्रोपावर लि. को चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पुरानो बानेश्वर, काठमाडौंमा कम्पनीका अध्यक्ष भीमबहादुर पालको सभापतित्वमा हालै सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष पालद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिबेदनसहित वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, निर्वाचनलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभाले हाल कायम रहेको कम्पनीको चुक्ता पूँजी रु.७४,८४,००,०००।०० को ०.७८९० प्रतिशतको दरले हुने रकम रु. ५९,०८,४२१।०० नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुने रु.११,२२,६०,०००।०० बोनश शेयर जारी गर्ने प्रस्ताव साधारणसभाले स्वीकृत गरेको छ भने आ.व. २०८१/०८२ मा कम्पनीको कूल आम्दानी रु.३४,८०,०९,४४९।०० र खुद नाफा रु. १३,२१,५४,१७१।०० भएको छ ।
साधारणसभाले आगामी कार्यकालका लागि नयाँ संचालक सदस्यहरु समेत चयन गरेको छ । जसमा भीमबहादुर पाल, रमेशराज गौतम, प्रकृति गौतम,प्रदिपकुमार चालिसे तथा निशान्त लुनावत जैन रहेका छन् ।
साधारणसभामा उठेका विभिन्न सवालहरुको समाधान अध्यक्ष पाल र अन्य पदाधिकारीले गरेका थिए । यसैगरी विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।
सोलुखुम्बु जिल्लास्थित सोलुदूधकुण्ड नगरपालिका भएर बग्ने सोलु खोलामा कम्पनीको आयोजना रहेको छ भने कम्पनीमा ८० प्रतिशत सस्थापन र २० प्रतिशत सर्वसाधारणको स्वामित्व रहेको समेत कम्पनीले जनाएको छ ।

