२०८३, कार्तिक १३ गते शुक्रबार

सिद्धि हाइड्रोपावरको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

सिद्धि हाइड्रोपावरको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित


  • मेरोभ्यूज
  • पौष २३, २०८२ बुधबार

  • Siddi Saccos Agm 23c .jpg

    काठमाडौं । सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष अङ्गिस घिमिरेको सभापतित्वमा मङ्गलबार सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष घिमिरेद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले लेखापरीक्षण प्रतिबेदनसहित विभिन्न वित्तीय विवरणहरु, शेयर जारी गर्ने सम्बन्ध, स्वतन्त्र संचालक नियुक्ति सम्बन्ध पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा कम्पनीले जनाए अनुसार २०८२ असार मसान्तसम्म कम्पनीको अधिकृत पूँजी २,५०,००,००,०००।०० भएको छ भने जारी पूँजी पनि २,५०,००,००,०००।०० भइ चुक्ता पूँजी १,२६,६५,४१,६००।०० हुन गएको छ । आयोजनामा लगानी १,७४,५७,७२,१५१।०० भएको कम्पनीले जनाएको छ । कम्पनीको वासलात हिसाब अनुसार सम्पत्ति विवरण तथा पूँजी दायित्व तथा व्यवस्था २,८८,१४,९८,७७२।०० रहेको छ ।

    यसैबीच कम्पनी अध्यक्ष घिमिरे तथा प्रबन्ध संचालक सन्तोष राज नेपालले कम्पनीको भावी योजना रणनीति तथा व्यवस्थापन बारे प्रकाश पारेका थिए भने विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

    Siddi Saccos Agm 23b .jpg


    प्रकाशित : बुधबार, पौष २३ २०८२०९:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार