काठमाडौं । श्री साइ बचत तथा ऋण सहकारी सस्था लि. क्वाबहाल, ठमेल, काठमाडौंको २६औं बार्षिक साधारणसभाले संचालक समितिको अध्यक्षमा पुनः रमिला शर्मालाइ चयन गरेको छ ।
ठमेल, काठमाडौंमा मङ्गलबार सम्पन्न सो साधारणसभाले सचिवमा रक्षेश्वर श्रेष्ठ, कोषाध्यक्षमा दिनेश तुलाधर चयन गरेको छ भने सदस्यहरुमा देवीमाया नेवार, बालकृष्ण असरपती, महेशकुमार तुलाधर तथा विजयप्रसाद साह चयन भएका छन् ।
साधारणसभाले अध्यक्ष शर्माद्वारा प्रस्तुत सहकारीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ भने विभिन्न प्रतिबेदन तथा विषयहरु पारित गर्दै आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध तथा निर्वाचन सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
यसैगरी आ.व. २०८२ असार मसान्तसम्म को वासलात हिसाब अनुसार सस्थाको शेयर पूँजी १ करोड ४९ लाख ५८ हजार ३०० रुपैयाँको भएको छ । निक्षेप दायित्व ६ करोड ३१ लाख १७ हजार ५११ रुपैयाँ भइ ऋण लगानी ८ करोड ३८ लाख ५३ हजार २७ रुपैयाँ हुन गएको छ । जगेडा कोष २६ लाख ८५ हजार ४८४ रुपैयाँ रहन गएको सो सहकारीले आ.व. २०८२ असार मसान्तसम्म १३ करोड ३३ लाख २ हजार ६०० रुपैयाँको कूल कारोबार गरेको छ । यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

