२०८३, कार्तिक १३ गते शुक्रबार

आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको २८औं बार्षिक साधारणसभा सम्पन्न, ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको २८औं बार्षिक साधारणसभा सम्पन्न, ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा


  • मेरोभ्यूज
  • पौष २७, २०८२ आइतबार

  • IGI Insurance Agm 27a .jpg

    काठमाडौं । आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    कम्पनीका अध्यक्ष हेमराज ढकालको सभापतित्वमा नक्साल, काठमाडौंमा हालै सम्पन्न सो साधारणसभाले अध्यक्ष ढकालद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले लेखापरीक्षको प्रतिबेदनसहित वासलात, नाफा/नोक्सान हिसाब पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेसम्बन्धको साथमा विभिन्न विशेष प्रस्तावहरुसमेत साधारणसभामा पारित भएका छन् ।

    कम्पनीको हाल चुक्ता पूँजी रु. ३,०२,९३,३४,६३९।०० को ५ प्रतिशतले हुने रकम रु. १५,१४,६६,७३१।९५ नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । समीक्षा बर्षमा कम्पनीको कूल बीमा आर्जनमा ६.७७ प्रतिशतले वृद्धि भइ रु. ४३ अरब ९५ करोड भएको छ भने रु. ३ अरब ८६ करोड ५९ लाख बीमा प्रिमियम सङ्कलन गर्न कम्पनी सफल भएको छ ।

    साधारणसभामा शेयरधनीहरुबाट उठाइएका विभिन्न सवालहरुको जवाफ अध्यक्ष ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले दिएका थिए ।

    हाल कम्पनीको सातै प्रदेशका ७६ शाखा तथा १४ सेवा काउन्टर गरी ९० स्थानबाट ग्राहक वर्गमा कम्पनीले सेवा प्रदान गरिरहेको छ भने कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा रहेको छ । भव्य र सभ्यताका साथ विवादरहित ढङ्गबाट साधारणसभा सम्पन्न भएको थियो ।

    IGI Insurance Agm 27b .jpg


    प्रकाशित : आइतबार, पौष २७ २०८२१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार