२०८३, कार्तिक १२ गते बिहीबार

श्रीलाभ सहकारीको अध्यक्षमा पुन: उप्रेती चयन

श्रीलाभ सहकारीको अध्यक्षमा पुन: उप्रेती चयन


  • मेरोभ्यूज
  • माघ २, २०८२ शुक्रबार

  • Shrelav Saccos Agm 2a .jpg

    काठमाडौं । श्रीलाभ बचत तथा ऋण सहकारी सस्था लि. महाबौद्ध, काठमाडौंको चौधौं बार्षिक साधारणसभाले पुन: ओमप्रसाद उप्रेतीलाई सस्थाको अध्यक्षमा चयन गरेको छ ।

    नयाँ बानेश्वर, काठमाडौंमा हालै सम्पन्न सो साधारणसभाले उपाध्यक्षमा ईन्द्रप्रसाद गुरागाई, सचिवमा होमनाथ दंगाल, कोषाध्यक्षमा ध्रुबराज ढकाल चयन भएका छन् भने संचालक सदस्यहरुमा ज्ञानप्रसाद चौलागाई र मिना पोखरेल चयन भएकी छिन् ।

    त्यसैगरी साधारणसभाले लेखा संयोजकमा जगनाथ खनाल तथा सदस्यहरुमा बद्रीनाथ न्यौपाने र पुष्पराज दंगाललाई चयन गरेको छ ।

    साधारणसभाले अध्यक्ष उप्रेतीद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ भने विभिन्न विषय तथा आयव्यय प्रतिबेदन, आगामी बजेट सम्बन्ध पारित गरी आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    आ.व. २०८२ असार मसान्तसम्म सस्थाको शेयर पूँजी ३ करोड १५ लाख ३१ हजार रुपैयाँको भएको छ भने बचत १९ करोड ८० लाख ६६ हजार ४९ रुपैयाँ भइ ऋण सापटी १४ करोड ७८ लाख १९५ रुपैयाँ हुन गएको छ । २ करोड ८८ लाख १२ हजार ६९ रुपैयाँ जगेडा कोष रहेको सो सहकारीले विविध गरी असार मसान्तसम्म २९ करोड ६४ लाख ३३ हजार ९६ रुपैयाँको कूल कारोबार गरेको छ । साधारणसभामा विभिन्न महानुभाव तथा सस्थामा आवद्ध असल कारोबारीहरुलाई सम्मान गरिएको थियो ।

    बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सचिव ठाकुरप्रसाद बास्कोटाको प्रमुख आतिथ्य तथा सहकारीकर्मी, अभियन्ता, सहकारी विज्ञहरुको आतिथ्य रहेको सो साधारणसभामा सस्थामा आवद्ध कारोबारीहरुको उपस्थिति रहेको थियो । यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

    Shrelav Saccos Agm 2b .jpg


    प्रकाशित : शुक्रबार, माघ २ २०८२०७:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार