२०८३, कार्तिक १३ गते शुक्रबार

थप १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि


  • मेरोभ्यूज
  • माघ ६, २०७८ बिहीबार

  • थप १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उक्त सङ्ख्या बुधबारभन्दा ९८६ बढी हो । बुधबार देशभर ११ हजार ३५२ जनामा सङ्क्रमित पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको कोरोना परीक्षण गरिएको थियो ।

    एक्काइस हजार सात जनाले पीसीआर तथा ६ हजार ४९० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ६४९ जना कोरोनाबाट निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १८ हजार ८०९ पुगेको छ । निको हुने दर ९२ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा आठ लाख ८७ हजार ७६९ जनामा तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख आठ हजार ११९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख ७५ हजार २०५ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख सात हजार ८२३ पुगेको छ ।

    कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार २१४ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६३२ पुगेको छ ।

    कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । हाल भेन्टिलेटरमा २७ जना र आइसियूमा १८६ जना रहेका छन् । होम आइसोलेसनमा ५५ हजार ८३६, संस्थागत आइसोलेसनमा एक हजार ४९२ र क्वारेन्टिनमा १२५ जना छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली छन् ।

    दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा पर्सा, बारा, महोतरी, सप्तरी, सलार्ही, सिराहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन् । कोरोना सङ्क्रमण सबै जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा तीन हजार ७८३ सक्रिय सङ्क्रमित रहेका छन् ।


    प्रकाशित : बिहीबार , माघ ६ २०७८०६:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार