२०८३, कार्तिक १२ गते बिहीबार

कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने

कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने


  • मेरोभ्यूज
  • माघ २१, २०८२ बुधबार

  • कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने

     

    काठमाडौं । काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको सीमामा रहेको कुण्डेश्वर महादेव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने भएको छ ।

    काठमाडौंको शङ्खरापुर नगरपालिका–१, २ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिक–१ र १२ को सीमा क्षेत्रमा पर्ने कुण्डेश्वर महादेव मन्दिर ऐतिहासिक, पौराणिक, धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँ सतीदेवीको मृगौला पतन भइ शिव शक्तिस्वरुपले रहेको पौराणिक मान्यता छ ।

    यहाँको ठूलो ढुङ्गामा रहेको पानीको कुण्ड कहिल्यै पानी नसुक्ने स्थानीय गणेश धिमालले सुनाए । यसो हुनुमा कुनै दैवी शक्तिले काम गरेको स्थानीवासी विश्वास गर्छन् ।

    यस क्षेत्रको धार्मिक महत्वका बारेमा प्रचार-प्रसार गरी पूर्वाधार निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ बुधबार सम्पन्न भएको छ । समापन कार्यक्रममा शङ्खरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापित र मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले यहाँसम्म कालोपत्र सडक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    महायज्ञबाट करिब रु. आठ लाख सङ्कलन भएको जनाइएको छ ।


    प्रकाशित : बुधबार, माघ २१ २०८२०९:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार