काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौँ, नक्साल भाटभाटिनीमा हालै सम्पन्न सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत कम्पनीको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन, वासलात हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८२/८३ को लागि लेखा लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धको साथमा विभिन्न विशेष प्रस्तावहरूसमेत साधारणसभामा पारित भएका छन् ।
कम्पनीले आ.व. २०८१/८२ मा कुल बीमा शुल्क रु. १७,८०३,२५९,५७०।०० सङ्कलन गर्न सफल भएको छ भने मुद्दती निक्षेप तथा सेयर लगानी रु. ८२, २२२,७८२,९०१।०० भइ जीवन बीमा कोषमा रु. ८०,५०,८९,६२,४५१।०० कायम हुन गएको छ ।
यसैगरी समिक्षा अवधिमा कम्पनीको कूल दावी भुक्तानी रु. ७,३९,७८,६५,०१०।०० भएको कम्पनीले जनाएको छ । चालू आ.व.मा कम्पनीमा १७९ शाखा उपशाखाहरु कायम भएको छ भने ६५९ कर्मचारीहरु कार्यरत छन् ।
कम्पनीका अध्यक्ष सुलभ अग्रवालको सभापतित्वमा सम्पन्न सो साधारणसभामा शेरधनीहरूद्वारा सोधिएका विभिन्न सवालहरूको जवाफ स्वयं अध्यक्ष अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले दिएका थिए । यसैबीच विविध कार्यक्रमका साथमा साधारण सभा सम्पन्न भएको थियो ।

