२०८३, कार्तिक १२ गते बिहीबार

एटलस सहकारी कुलेश्वर काठमाडौंको १७औं वार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

एटलस सहकारी कुलेश्वर काठमाडौंको १७औं वार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित


  • मेरोभ्यूज
  • फाल्गुण ११, २०८२ सोमबार

  • Atlos Agm 11a .jpg

    काठमाडौं । हालै एटलस बचत तथा ऋण सहकारी संस्था लिमिटेड कुलेश्वर, काठमाडौंको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    काठमाडौं, सोल्टीमोडमा सम्पन्न सो साधारणसभाले संस्थाका उपाध्यक्ष हरिकृष्ण श्रेष्ठद्वारा प्रस्तुत आ,व. २०८१।०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । आ.व. २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धको साथमा अन्य विविध प्रस्तावहरूसमेत साधारण सभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार आ.व. २०८१/०८२ मा संस्थाको शेयर पूँजी ४ करोड ४० लाख ८२ हजार १०० रुपैयाँको भएको छ भने निक्षेप हिसाब ४० करोड ३६ लाख ४० हजार २१६ रुपैयाँ भइ कर्जा लगानी ३० करोड ९ लाख १६ हजार १५९ रुपैयाँको हुन गएको छ । जगेडा कोष ८ करोड ६३ लाख ३ हजार ९७२ रुपैयाँ रहन गएको सो सहकारीले आ.व. २०८२ असार मसान्तसम्म ५४ करोड १७ लाख ६८ हजार ७२७ रुपैयाँको कूल कारोबार गरेको छ ।

    साधारणसभामा सहकारीको विविध पक्षबारे छलफल गरिएको थियो भने आगामी दिनहरूमा सहकारीलाई अझ सशक्त बनाइने संस्थामा आबद्ध कारोबारीहरूलाई अझ सेवा सुविधा प्रदान गर्दै सहजताका साथ सहकारीलाई सरलीकृत गर्दै जानेसमेत सञ्चालकहरूले बताएका थिए । यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

    Atlos Agm 11d .jpg


    प्रकाशित : सोमबार, फाल्गुण ११ २०८२१०:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार