२०८३, कार्तिक ११ गते बुधबार

सुपरमाई हाइड्रोपावरको ११औं वार्षिक साधारणसभा सम्पन्न, साथै विभिन्न प्रस्तावहरू पारित

सुपरमाई हाइड्रोपावरको ११औं वार्षिक साधारणसभा सम्पन्न, साथै विभिन्न प्रस्तावहरू पारित


  • मेरोभ्यूज
  • फाल्गुण २०, २०८२ बुधबार

  • Supermai Hydro Agm 20a .jpg

    काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको एघारौँ वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ ।

    काठमाडौँ, नक्सालमा कम्पनीका अध्यक्ष बुद्धिबहादुर थापाको सभापतित्वमा सम्पन्न सो साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष थापाद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

    साधारणसभाले आ.व. २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदनको साथमा वासलात, नाफा / नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धसमेत पारित गरेको छ ।

    यसैगरी साधारणसभामा विभिन्न विशेष प्रस्तावहरू पनि पारित भएका छन् ।

    साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम रु. ५९,२७,९७७।८९ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । चुक्ता पूँजीको २०% को दरले अर्थात् १०७०००० कित्ता शेयर प्रति कित्ता रु. १०० को दरले हुने कुल रु. १०,७०,००,०००।०० बोनस शेयर वितरण गर्ने प्रस्तावसमेत साधारणसभाले पारित गरेको छ ।

    साधारण सभामा बताइएअनुसार हाल कम्पनीको रु. ५७,९७,००,०००।०० सावा ऋण तिर्न बाँकी रहेको छ भने यस आ.व.मा कम्पनीले रु. ११,००,००,०००।०० सावा ऋण चुक्ता गरेको छ ।

    वि.सं. २०८२ मा कम्पनीको शेयर पूँजी रु.५३,५०,००,०००।०० भइ जगेडा रु.१२,७८,०६,९०७।०० रहन गएको छ भने विद्युत बिक्रीबाट प्राप्त आम्दानी रु. १९,८६,९८,२८०।०० भएको छ ।

    साधारणसभामा शेयरधनीहरूद्वारा उठाइएका विभिन्न सवालहरूको जवाफ अध्यक्ष थापा तथा कम्पनीका अन्य पदाधिकारीहरूले दिएका थिए । यसै बीच विभिन्न कार्यक्रमका साथमा साधारणसभा सम्पन्न भएको थियो ।

    इलाम जिल्लाको माईखोलामा अवस्थित ७.८ मेगावाट सुपरमाई हाइड्रोपावर आयोजना वि.सं. २०७५ कार्तिकबाट व्यावसायिकरूपमा सञ्चालन भइरहेको समेत आयोजित साधारणसभामा जानकारी गराइएको थियो ।

    Supermai Hydro Agm 20b .jpg


    प्रकाशित : बुधबार, फाल्गुण २० २०८२१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार