२०८३, कार्तिक १५ गते आइतबार

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक रु. १६ लाख आम्दानी

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक रु. १६ लाख आम्दानी


  • मेरोभ्यूज
  • फाल्गुण २६, २०८२ मंगलबार

  • भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक रु. १६ लाख आम्दानी

     

    तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । अगुवा किसान दलबहादुर थापाले यसवर्ष रु. १६ लाखको सुन्तला बिक्री गरेको छ ।

    अघिल्लो वर्ष रु. १३ लाखको सुन्तला बिक्री गरेका उनले यस वर्ष रु. तीन लाख बढी आम्दानी लिएको बताए ।

    उनले भने, “भिरालो जग्गामा अन्य खेतीभन्दा सुन्तला उपयुक्त हुन्छ भनेपछि यसलाई नै निरन्तरता दिइरहेका छौँ । बाबुबाजेले पनि सुन्तलाखेती गरे । म पनि त्यसकै निरन्तरतामा छु ।” आफू २० वर्षदेखि यसैलाई निरन्तरता दिइरहेको उनको भनाइ छ ।

    भिरालो जग्गा रहेकाले यहाँ अन्य खेती गर्न समस्या भएपछि यहाँका कृषकहरु सुन्तलाखेतीमा लागेको उनले जानकारी दिए । उनले भने, “मकै, कोदोखेती गर्न त मिल्छ, तर सुन्तला लगाउनका लागि उपयुक्त रहेकाले सबैजना सुन्तलाखेतीमै आबद्ध छन् ।”

    थापाले बेनीकोटमा विगत केही वर्षदेखि सुन्तलाका बोट मर्ने समस्या रहेको गुनासो गरे । थापाका अनुसार यहाँ उत्पादित सुन्तला काठमाडौँ कालीमाटीमा बिक्री गरिन्छ । बजारीकरणको कुनै समस्या नरहेको बताउँदै उनले भने, “प्रतिकेजी सुन्तला रु. एक सयसम्म बिक्री हुने गरेको छ । विगतका वर्षमा रु. ९५ सम्म बेच्थ्यौँ, यो वर्ष मूल्य केही बढी पाएका छौँ ।”

    बेनीकोटका एक सय भन्दाबढी कृषक सुन्तलाखेतीमा आबद्ध छन् । यहाँका कृषकले कम्तीमा २० देखि आठ सयसम्म सुन्तलाका बोट लगाएका छन् । यहाँका कृषकले रु. २० हजारदेखि रु. १६ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।


    प्रकाशित : मंगलबार, फाल्गुण २६ २०८२०८:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार