
काठमाडौं । ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नक्साल, काठमाडौंमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा बिहीबार सम्पन्न सो साधारण सभाले आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आ.व. २०८२ असारमसान्तसम्मको वित्तिय विवरण, नाफा/ नोक्सान हिसाब, नगद प्रभाव विवरण पारित गरेको छ भने ज्योति क्यापिटल लिमिटेडको आ.व. २०८१/०८२ को वित्तीय विवरणको साथमा बैंकको एकीकृत विवरणसमेत पारित गरेको छ ।
त्यसैगरी आ.व. २०८२/०८३ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धको साथमा अन्य विविध प्रस्तावहरूसमेत साधारण सभामा पारित भएका छन् ।
हाल बैंकको अधिकृत पूँजी रु. ८,०००,०००,०००।०० र चुक्ता पूँजी रु. ४,३९५,७८५,८८६।०० रहेको छ भने संस्थापक समूहबाट ५१% र सर्वसाधारणबाट ४९% रहेको बैंकले जनाएको छ ।
साधारण सभामा जानकारी दिए अनुसार बैंकले आ.व. २०८२ मा जम्मा खुद नाफा रु. १० करोड गरेको छ । त्यसैगरी बैंकले नेपाल सरकारलाई बुझाउनुपर्ने आयकर टिडिएस सबै रकमहरूसमेत भुक्तान गरिएको आयोजित साधारण सभामा जानकारी दिइयो ।
यसैगरी आ.व. २०८१/०८२ मा (हजार) मा शेयर पूँजी रु. ४,३९५,७८६ , कूल निक्षेप रु. ६१,८३८,३६२ , लगानी रु. १२,९८६,७८९ , कूल कर्जा सापट रु. ५१,१३२,८१५ , भइ कूल सम्पत्ति रु. ७०,८८६६६५ को वासलात हिसाब बनेको छ ।
साधारण सभामा शेरधनीहरुद्वारा उठाइएका विभिन्न सवालहरूको जवाफ बैंकका अध्यक्ष खड्का तथा तथा प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले दिएका थिए । यसै बीच साधारण सभा विविध कार्यक्रमका साथमा सम्पन्न भएको थियो ।


