
काठमाडौं । सम्झना बहुमुखी सहकारी संस्था लिमिटेड कमलाक्षी काठमाडौंको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
जमल, काठमाडौंमा संस्थाका अध्यक्ष नवराजप्रसाद उपाध्यायको सभापतित्वमा शनिबार सम्पन्न सो साधारण सभाले सस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्ष उपाध्यायद्वारा प्रस्तुत संस्थाको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साधारण सभाले आ.व. २०८१ /०८२ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन पारित गरेको छ भने आ.व. २०८२/०८३ को बजेट सम्बन्ध, लाभांश वितरणसम्बन्धको साथमा आ.व. २०८२/० ८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतको प्रस्तावहरू साधारण सभामा पारित भएका छन् ।
साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार आ.व. २०८१/०८२ मा संस्थाको शेयर पूँजी ४ करोड २३ लाख ६० हजार रुपैयाँको भएको छ । निक्षेप हिसाब ४२ करोड ७५ लाख २ हजार ८१४ रुपैयाँ भइ कर्जा तथा लगानी ३३ करोड ८६ हजार ९६३ रुपैयाँ हुन गएको छ ।
आ.व. २०८२ मा सस्थाले रु. ५२ करोड १२ लाख ५२ हजार १४४ रुपैयाँको कूल करोबार गर्न सफल भएको छ ।
साधारण सभामा ज्येष्ठ नागरिक २, विद्यार्थी २, उत्कृष्ट ऋणी २ तथा उत्कृष्ट बचतकर्ता १० जनालाई सम्मान गरिएको थियो ।
सहकारीकर्मी, अभियन्ता, समाजसेवी, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थितिमा साधारण सभामा भएको थियो ।
यसैगरी आगामी दिनहरूमा सहकारीलाई अझ सशक्त बनाइने कारोबारी क्षेत्र बढाइने तथा आफ्ना सदस्यहरूलाई सरल सुविधा योजना ल्याइ सेवा प्रदान गरिनेसमेत साधारण सभामा जानकारी गराइएको थियो । यसैबीच विविध कार्यक्रमका साथमा साधारण सभा सम्पन्न भएको थियो ।


