२०८३, कार्तिक १३ गते शुक्रबार

पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न

पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न


  • मेरोभ्यूज
  • बैशाख १, २०८३ मंगलबार

  • पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न

     

    काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौँ दिन आज साँझ भेलुखेलस्थित यसीँख्योमा ५५ हात लामो यसीँ (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ ।

    पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको लिङ्गो आज तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ५:४९ मिनेटमा ढालिएको हो ।

    भैरवनाथको प्रतीक मानिने लिङ्गोमा बाँडिएको अष्टमातृकाको प्रतीक आठवटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गर्छ ।

    लिङ्गो ढाल्नु पनि बिस्का जात्राको प्रमुख जात्राका रूपमा लिइन्छ । यो जात्रा पछि तलेजुभित्र दुमाजुको विशेष पूजाआजा गरी यसीँख्योमा रहेको भैरव र भद्रकालीको रथलाई गःहिटी पुर्याइ रथ जुधाउने जात्रा गरिन्छ ।

    यो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनाका साथै शत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ ।


    प्रकाशित : मंगलबार, बैशाख १ २०८३१०:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार