काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले २८औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
भद्रकाली, काठमाडौंमा सोमबार बैंकका अध्यक्ष अशोक कुमार अग्रवालको सभापतित्वमा सम्पन्न सो साधारण सभाले संचालक समितिद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारण सभाले आ.व. २०८२ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ भने एनआइसी लघुवित्त, एनआइसी क्यापिटलको वित्तीय विवरणसहित एकिकृत वित्तीय विवरण पारित गर्दै आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्नेसम्बन्धलगायत प्रस्तावहरु साधारण सभामा पारित भएका छन् ।
त्यसैगरी साधारण सभाले साधारण शेयरको चुक्ता पूँजी रु. १४,९१,७५,६६,९२२।०० को २.१ अनुपातमा रु. ७,४५,८७,८३,५००।०० बराबरको प्रति कित्ता रु. १०० को ७,४५,८७,८३५।०० कित्ता शेयर जारी गर्ने निर्णय गरेको छ भने बैंकको साविक अधिकृत पूँजी रु. १९,९२,००,००,०००।०० लाई बृद्धि गरी रु. २७,३८,००,००,०००।०० बनाउन साविक तत्काल जारी पूँजी रु. १९,९१,७५,६६,९२२।०० लाइ बृद्धि गरी रु. २७,३७,६३,५०,४२२।०० बनाउन र साविक चुक्ता पूँजी रु. १९,९१,७५,६६,९२२।०० लाई बृद्धि गरी रु.२७,३७,६३,५०,४२२।०० बनाउने प्रस्तावसमेत साधारण सभाले पारित गरेको छ ।
साधारण सभामा शेयरधनीहरुले उठाएका विभिन्न सवालहरुको जवाफ अध्यक्ष तथा बैंकका प्रमुख कार्यकारी अधिकृतले दिएका थिए । साथै आगामी ४ बर्षे कार्यकालका लागि बैंकको संचालक समिति सदस्यहरुमा रामचन्द्र सङ्घइ, अशोक कुमार अग्रवाल, जयन्त कुमार अग्रवाल, आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधानलाई साधारण सभाले संस्थापक तथा सर्वसाधारणतर्फ निर्वाचित गर्दै विविध कार्यक्रमको साथमा साधारण सभा सम्पन्न भएको थियो ।

