
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
भाटभटेनी, बालुवाटार, काठमाडौंमा बुधबार सम्पन्न सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट कम्पनीका सचिव विनम ज्ञवालीद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
लेखा परीक्षण प्रतिवेदनसहित आ.व. २०८२ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारण सभाले पारित गरेको छ भने आ.व. २०८२ /० ८३ को लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, निर्वाचनसम्बन्धलगायतका प्रस्तावहरू साधारण सभामा पारित भएका छन् ।
साधारण सभामा जानकारी गराइए अनुसार आ.व. २०८१/०८२ मा विद्युत बिक्रीबाट कम्पनीले रु. १३,२६,४२,०२७।०० आम्दानी गरेको छ भने कम्पनीको कुल शेयर पूँजी रु. १ अर्ब रुपैयाँमा ८० करोड संस्थापक पक्षको र २० करोड सर्वसाधारणको रहेको कम्पनीले जनाएको छ । अधिकृत पूँजी १ अर्ब रहेको सो कम्पनीको जारी पूँजी तथा चुक्ता पूँजी पनि १ अर्ब रुपैयाँ नै रहेको छ । कुल लागत रु. १,८०,५८,४९,६००।७१ रहेको आयोजनाको प्रति मेगावाट लागत रु. २४,९०,८२,७०३।५५ रहेको छ । आ.व. २०८१/०८२ को अन्त्यसम्म कम्पनीले प्राप्त गरेको दीर्घकालीन कर्जा रु. १,१३,९०,७८,९३८।०० रहेको आयोजित साधारण सभामा जानकारी गराइएको थियो ।
यसैगरी साधारण सभामा उपस्थित शेरधनीहरूद्वारा उठाइएका विभिन्न सवालहरूको जवाफमा सञ्चालक समितिले आगामी साधारण सभाबाट शेयरधनीहरूको माग पूरा गरिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
साधारण सभाले आगामी कार्यकालका लागि सस्थापक सर्वसाधारण तथा स्वतन्त्र गरि कम्पनीको नयाँ सञ्चालक सदस्यहरूमा टङ्कप्रसाद सुवेदी, डा. हिमाल भट्टराई, राजेश्वर दुलाल, माधव राज आचार्य, सन्तोष श्रेष्ठ, जेलीना श्रेष्ठ तथा रिता गौतमलाई चयन गरेको छ ।
कम्पनीका प्रबन्ध सञ्चालक माधवराज आचार्यको सभापतित्वमा सो साधारण सभा विविध कार्यक्रमका साथमा सम्पन्न भएको थियो ।
त्यसैगरी घरायसी विशेष कारणले कम्पनीका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा सभामा पस्थित हुन नसकिएको समेत जानकारी गराइएको थियो ।
स्मरण रहोस लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका साविकको भुजुङ गाउँपालिका स्थित मिदिम खोलामा माथिल्लो मिदिम जलविद्युत ७.५ मे. वा. को आयोजना रहेको छ ।


