२०८३, कार्तिक १३ गते शुक्रबार

२० हजार परीक्षण गर्दा १० हजार बढी सङ्क्रमित, १६ को मृत्यु

२० हजार परीक्षण गर्दा १० हजार बढी सङ्क्रमित, १६ को मृत्यु


  • मेरोभ्यूज
  • माघ ८, २०७८ शनिबार

  • २० हजार परीक्षण गर्दा १० हजार बढी सङ्क्रमित, १६ को मृत्यु

    काठमाडाैं । पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार १८७ परीक्षण गर्दा १० हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार ८६२ पुगेको छ । पछिल्लो समय थप ७०८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख २० हजार २८३ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    आज एकै दिन १६ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६५१ जनाको सङ्क्रमणका कारणले मृत्यु भएको छ । यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १५–१५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

    यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, दाङ, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा ७१ हजार २६१, संस्थागत आइसोलेशनमा एक हजार ६०१, आइसीयूमा २१० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ ।

    विगत २४ घण्टामा आज एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५८९ मात्रा लगाइएको छ ।


    प्रकाशित : शनिबार, माघ ८ २०७८०९:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार