२०८३, कार्तिक ११ गते बुधबार

कागबेनी-छुसाङ सडक निर्माण सुरु

कागबेनी-छुसाङ सडक निर्माण सुरु


  • मेरोभ्यूज
  • भाद्र १, २०८३ सोमबार

  • कागबेनी-छुसाङ सडक निर्माण सुरु

     

    मुस्ताङ । छुसाङ-कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ ।

    बेनी-जोमसोम-कोरला सडक आयोजनाले रु २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण थालेको हो ।

    विक्रम संवत २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिए ।

    आयोजनाले जोमसोम-कोरला सडकखण्डको छुसाङदेखि घमीसम्मको ४२ किलोमिटर सडकको कालोपत्रे गर्न टेण्डर आह्वान गरी सकेको छ । उक्त खण्डको लागत रु दुई अर्ब रहेको छ ।

    -----


    प्रकाशित : सोमबार, भाद्र १ २०८३१०:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार