२०८३, कार्तिक १३ गते शुक्रबार

१० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

१० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु


  • मेरोभ्यूज
  • माघ १०, २०७८ सोमबार

  • १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    काठमाडाैं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।

    सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ३३ हजार ६२६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ भने ८ लाख २४ हजार २३९ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० जना रहेका छन् । जसमध्ये ८० हजार ७७९जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका १२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८४ जना कोरोना संक्रमित थपिएका छन् ।

    उपत्यकामा ४ हजार ६७६ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा एकै दिन ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो ।


    प्रकाशित : सोमबार, माघ १० २०७८०४:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार