काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले अर्थमन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेको छ ।
भेटका क्रममा दुई देशबीचको आर्थिक चासोका विषयमा छलफल भएको थियो ।
सो भेटमा अर्थ सचिव डा.घनश्याम उपाध्यायसहित अर्थमन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीहरू तथा नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

