२०८३, कार्तिक ११ गते बुधबार

‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी


  • मेरोभ्यूज
  • आश्विन ७, २०८३ बुधबार

  • ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

     

    बागमती । हिमालयन राइडर्स सोसाइटी देशका विभिन्न पर्यटकीय सम्भाव्यता भएका गन्तव्यको पहिचान र प्रवर्द्धनमा जुटिरहेको छ ।

    साइक्लिङका माध्यमबाट हेटौँडामा पाँच वर्षयता औपचारिकरूपमा सङ्गठित भइरहेको सोसाइटीले स्वास्थ्य, पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा जोड दिँदै आएको छ ।

    विक्रम संवत २०७८ देखि संस्थागतरूपमा अघि बढिरहेको संस्थाले जिल्लाका मात्र नभइ विभिन्न सम्भावना बोकेका तर ओझेलमा परिरहेका गन्तव्यलाई साइक्लिङका माध्यमबाट प्रवर्द्धन गरिरहेको सोसाइटीका अध्यक्ष राजु थापामगरले जानकारी दिए ।

    संस्थाले यस बीचमा हेटौँडा उपमहानगरपालिका–१७ हटिया जुरेथुमस्थित एशियाकै अग्लो मानिने ४२ फिट अग्लो कृष्णमूर्तिको गन्तव्यदेखि ऐतिहासिक मकवानपुर गढी र गोरखा दरबारलगायतका गन्तव्यको प्रवर्द्धनमा जुटेको छ ।

    उनले भने, “सोसाइटीका पदाधिकारीले भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो मार्ग रसुवागढी–केरुङदेखि ठोरीसम्म चार सय किलोमिटरको साइकल यात्रा गरेका थियौँ ।”

    सोसाइटीले मेची–महाकाली साइकल यात्रासँगै एशियाकै सबैभन्दा बढी बलि चढाइने गढीमाई मन्दिर, धरानको चतराधाम, चितवनको सोमेश्वरगढ़लगायतका धार्मिक पर्यटन गन्तव्यको प्रवर्द्धन गरिसकेको छ । सोसाइटीमा आबद्ध एक सय ५० जनामध्ये ५० जना आजीवन सदस्य रहेका छन् ।


    प्रकाशित : बुधबार, आश्विन ७ २०८३०९:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार