२०८३, कार्तिक ११ गते बुधबार

प्राचीन धर्मग्रन्थ सङ्कलन गर्दै धार्मिक पुस्तकालय

प्राचीन धर्मग्रन्थ सङ्कलन गर्दै धार्मिक पुस्तकालय


  • मेरोभ्यूज
  • आश्विन ९, २०८३ शुक्रबार

  • प्राचीन धर्मग्रन्थ सङ्कलन गर्दै धार्मिक पुस्तकालय

     

    बागमती । हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा अवस्थित पुस्तकालयमा प्राचीन धर्मग्रन्थ सङ्कलन गर्ने अभियान अघि बढाइने भएको छ ।

    विक्रम संवत् २०५६ मा विद्यालय स्थापना भएदेखि नै विद्यार्थीका लागि अत्यावश्यक पुस्तक सङ्कलनबाट शुरु गरिएको पुस्तकालयलाई थप व्यवस्थित गर्दै प्राचीन महत्त्वका धार्मिक पुस्तकहरू सङ्कलन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।

    पुस्तकालयमा हाल करिब दुई सय ५० को सङ्ख्यामा मात्रै पुस्तक सङ्कलित भएको बताउँदै उनले प्राचीन महत्त्वका धार्मिक पुस्तक उपलब्ध गराउन सबैमा आग्रह गरेको बताए ।

    उनका अनुसार पुस्तकालयलाई व्यवस्थित बनाउनका लागि बागमती प्रदेशको पर्यटन मन्त्रालयले गत आर्थिक वर्ष २०८०/०८१ मा रु. दुई लाख उपलब्ध गराएको थियो ।

    “हामी पुस्तकालयलाई प्राचीन धर्मग्रन्थ सङ्कलन गरी अध्ययन अनुसन्धानको केन्द्रका रूपमा विकास गर्न चाहन्छौँ,” उनले भने, “कोही कसैसँग घरमा यसै थन्किएर रहेका प्राचीन महत्त्वका धर्मग्रन्थ छन् भने पुस्तकालयलाई सहयोगस्वरूप उपलब्ध गराउन अनुरोध छ ।”

    पुस्तकालयमा उपलब्ध गराइने पुस्तक जो कोही विद्यार्थी तथा अनुसन्धाता सबैका लागि उपयोगी हुनुका साथै वर्षौंसम्म सुरक्षित रहने उनले बताए ।

    देशका विभिन्न जिल्लाबाट आएका करिब ५० जना बटुक अध्ययनरत रहेका ती विद्यालयले ४० जनालाई आवासीय सुविधा उपलब्ध गराउँदै आएको छ ।


    प्रकाशित : शुक्रबार, आश्विन ९ २०८३१०:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार