२०८३, कार्तिक ११ गते बुधबार

आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण

आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण


  • मेरोभ्यूज
  • आश्विन १५, २०८३ बिहीबार

  • आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण

     

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा दाताको सहयोग जुटाएर आँखा उपचार केन्द्रको भवन निर्माण शुरु भएको छ ।

    नेपाल नेत्रज्योति संघ म्याग्दीले बेनी नगरपालिका–८ कालीपुलमा आँखा उपचार केन्द्रको भवन निर्माण शुरु गरेको हो ।

    रु. एक करोड तीन लाखको लागतमा तीन तले भवन निर्माण गर्न लागिएको संघका अध्यक्ष अमर बानियाँले जानकारी दिए ।

    “संस्थाका पदाधिकारी र सदस्यहरूबाट जुटाएको रु. दस लाख बजेटबाट जग खन्ने र कुनातिर पर्खाल बनाउन थालेका छौँ,” उनले भने, “थप पूर्वाधार बनाउन दाताहरूलाई सहयोगको अपिल गरेका छौँ ।”

    मालिका–६ दिच्यामका मुक्ति रोका र उनकी पत्नी याममायाले रु. दुई करोड ५० लाख मूल्य बराबरको सात आना, एक पैसा, तीन दाम क्षेत्रफल भएको जग्गा उपलब्ध गराएका छन् । रोका सामाजिक व्यक्तित्व हुन् ।

    दुई तलामा कार्यालय र सहयोगी कक्ष रहने भवनको पहिलो तलामा उपचार तथा औषधि भण्डारण र दोस्रोमा शल्यक्रिया कक्ष बनाइने सभापति बानियाँले जानकारी दिए ।

    संघले हाल बेनीमा भाडाको घरमा सञ्चालन गरेको आँखा उपचार कक्षको भवनबाट म्याग्दीका साथै पर्वत, मुस्ताङ र बागलुङका बासिन्दाले सेवा लिने गरेका छन् ।

    भवन सम्पन्न भएपछि आँखाको शल्यक्रिया सम्बन्धी सेवा बेनीमै उपलब्ध गराउने र पोखरा जानुपर्ने समस्या हटाउने उद्देश्य राखिएको सभापति बानियाँले बताए ।


    प्रकाशित : बिहीबार , आश्विन १५ २०८३०९:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार