२०८३, कार्तिक ११ गते बुधबार

अर्थमन्त्री डा. वाग्ले-भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाएका र हराइरहेका भन्सार कर्मचारीका सदस्यहरूसँग सामूहिक भेट

अर्थमन्त्री डा. वाग्ले-भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाएका र हराइरहेका भन्सार कर्मचारीका सदस्यहरूसँग सामूहिक भेट


  • मेरोभ्यूज
  • आश्विन १५, २०८३ बिहीबार

  • Finance Minister Dr Wagle 15c .jpg

    काठमाडौँ । अर्थमन्त्री डा. वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा एक्लो महशुस नगर्न आग्रह गरेको छ ।

    बिहीबार मन्त्रालयमा पीडित परिवारका सदस्यहरूसँग सामूहिक भेट गर्दै उनले अर्थ मन्त्रालय र भन्सार प्रशासन परिवारको साथमा रहेको बताए ।

    सरकारको राजस्व संकलन गर्ने जिम्मा पाएर रसुवास्थित कार्यक्षेत्रमा खटिएका भन्सारका काबिल कर्मचारीहरू अकल्पनीय विपत्तिले गुमाउनुपरेको भन्दै उनले दुःख व्यक्त गरेका थिए ।

    “पूर्वसूचना र सतर्कतासमेत अपनाउनै नसकिने गरी घटेको विपत्तिले थिच्दा ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ,” अर्थमन्त्री डा. वाग्लेले परिवारका सदस्यहरूलाई भनेको छ, “तपाईंहरूलाई जत्तिकै पीडा र दुःख हामीलाई पनि छ । हामीले पनि हाम्रा काबिल भन्सार प्रशासनका परिवारका सदस्यहरू गुमाउनुपर्दा दुःखी छौँ । तपाईंहरूलाई परेको पीडालाई म व्यक्त गर्न सक्दिनँ, तर तपाईंहरू एक्लो हुनुहुन्न । हामी तपाईंहरूको साथमा छौँ ।”

    अर्थमन्त्री डा.वाग्लेले परिवारका सदस्यहरूलाई आफ्ना समस्या खुलस्तरूपमा मन्त्रालय र विभागमा राख्न आग्रह पनि गरेका छन् ।

    परिवारका सदस्यहरूको आवश्यकतालाई कानूनी आधार टेकेर प्राथमिकताका साथ मन्त्रालय र विभागले कार्यान्वयन गर्ने पनि बताए ।

    Finance Minister Dr Wagle 15d .jpg

    भेटका क्रममा परिवारका सदस्यहरूले तयार गरेको प्राथमिक तहको माग पत्र बुझ्दै उनले यसलाई कार्यान्वयन गर्दै लगिने बताए ।

    दिवंगत र बेपत्ता व्यक्तिका परिवारका सदस्यहरूको शिक्षा, भरणपोषण र रोजगारी मन्त्रालयको उच्च प्राथमिकतामा रहेको अर्थमन्त्री डा. वाग्लेले स्पष्ट पारे ।

    “मलाई थाहा छ, तपाईंहरूले भोग्नुभएको अपूरणीय क्षतिपूर्ति कुनै कुराले गर्न सक्दैन, तर तपाईंहरूको अबको दैनिकी र भविष्यको बाटो सरल बनाउन उच्च प्राथमिकताका साथ सहयोग हामी गर्छौँ।”

    सो क्रममा अर्थमन्त्री डा.वाग्लेले कानून बमोजिम हुने कुरा छिट्टै र कानून संशोधन गरेर पूरा गर्नुपर्ने मागहरूलाई विभिन्न मन्त्रालयसँग समन्वय गरेर भए पनि अघि बढाउने बताए । घटना दर्ता, बालबालिकालाई छात्रवृत्तिलगायतका विषयमा पनि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको उनले परिवारजनलाई स्पष्ट पारे ।

    बेपत्ताहरूको खोजतलासमा अझै पनि सुरक्षाकर्मी परिचालन भइरहेको उनले बताए ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घटनामा परी निधन भएका र हराइरहेका परिवारका सदस्यहरूलाई सहजीकरण गर्न एक विशेष कार्यदल गठन गर्न मन्त्रालय प्रशासनलाई निर्देशनसमेत दिएका छन् ।

    अर्थमन्त्रीसँग भेट गर्न रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारीका परिवारका सदस्यहरू मन्त्रालय आएका थिए ।

    उनीहरूले आफ्नो परिवारको मियोका रूपमा रहेका सदस्य बाढीमा परी गुमाएको र बेपत्ता भएपछिको शोक तथा पीडादायी दिनका भोगाइहरू भावविह्वल हुँदै अर्थमन्त्रीसमक्ष बताएको थियो ।

    भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा रसुवा भन्सार कार्यालयमा कार्यरत भन्सार विभागका कर्मचारीहरू नकुल शर्मा, राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल, भीमबहादुर लामा, दिनेश घिमिरे, अनिता पुरी, प्रेमप्रसाद सेढाई, गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली, राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्का परेका थिए । जसमध्ये भन्सार अधिकृत नकुल शर्माको मात्रै शव भेटिएर अन्तिम सस्कार गरिएको छ । बाँकी १४ जना अझै सम्पर्क बिहीन छन् ।

    Finance Minister Dr Wagle 15e .jpg


    प्रकाशित : बिहीबार , आश्विन १५ २०८३१०:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार