काठमाडौँ । उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारुपबारे मधेश प्रदेशमा जारी उच्चस्तरीय संवाद कार्यक्रमको दोस्रो दिनको कार्यक्रम सुरु भएको छ । युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुदमन्त्रालले आयोजना गरेको संवाद कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, सङ्घीय सांसद, प्रदेश सरकार तथा विश्वविद्यालयका पदाधिकारी, स्थानीय सरोकारवाला, नागरिक समाज, सरकारी नीति निर्माता, विज्ञ एवं सरोकारवालाहरुको सहभागिता रहेको छ ।

