२०८३, कार्तिक ११ गते बुधबार

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मा.वि. प्रथमलाई रु. ५० लाख र द्वितीयलाई रु. ४० लाखसम्म

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मा.वि. प्रथमलाई रु. ५० लाख र द्वितीयलाई रु. ४० लाखसम्म


  • मेरोभ्यूज
  • आश्विन २३, २०८३ शुक्रबार

  • शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मा.वि. प्रथमलाई रु. ५० लाख र द्वितीयलाई रु. ४० लाखसम्म

     

    काठमाडौँ । शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ ।

    प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु. ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रु. ४० लाखसम्मको सवारी साधन खरिद  गर्न सक्नेछन् ।

    त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले रु. चार लाखसम्मको दुई पाङ्ग्रे सवारी साधन खरिद  गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

    सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ । शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन् ।

    शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्ने व्यवस्था गरिएको हो ।


    प्रकाशित : शुक्रबार, आश्विन २३ २०८३१०:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार