काठमाडौँ । मन्त्रिपरिषद् बैठकका निर्णय सन्चारकर्मीमाझ सार्वजनिक गर्दै सूचना तथा सन्चारमन्त्री डा. बिक्रम तिमिल्सिना ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज २३ गतेको बैठकका मुख्य निर्णयहरू
१. विश्व बैंकसँग Nepal Earthquake Catastrophe Bond सम्बन्धी Mandate Agreement मा हस्ताक्षर गर्न स्वीकृति दिने ।
२. बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने ।
३. जापानको आईची-नागोयामा भएको २०औं एशियाली खेलकूदमा पदक प्राप्त गर्ने महिला कवड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने ।
४. नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने ।

