नयाँदिल्ली । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले 'एनडि टिभी वर्ल्ड समिट २०२६' मा सम्बोधन गरेका थिए । अन्तरराष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन बिहीबार नयाँदिल्ली आइपुगेको हो ।
नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित 'इन्डिया टिभी वर्ल्ड समिट २०२६' को विशेष सत्र भएको थियो ।
“निकटताबाट समृद्धि: भारत-नेपाल अवसर” शीर्षकको सत्रमा उनी अतिथि वक्ता हुन ।
यस अघि अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एनडी टिभी विश्व सम्मेलनको सम्बोधन सत्रमा सहभागी भएको थियो । बिहीबार रातिको प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने सत्रमा अतिथिको रुपमा उनी सहभागी भएको हो ।
सो सत्रपछि भारतीय प्रधानमन्त्री मोदी र अर्थमन्त्री डा.वाग्लेबीच संक्षिप्त भेट र कुराकानी समेत भएको थियो ।
उक्त सम्मेलनको विशेष सत्रमा भारतीय विदेश मन्त्री डा.एस जयशंकरले सम्बोधन गर्दा पनि उनी अतिथिको रुपमा कार्यक्रममा सहभागी भएका थिए । सो क्रममा उनीहरूबीच परिवर्तन भइरहेको विश्व व्यवस्थाका सम्बन्धमा रोचक प्रश्नोत्तरसमेत भएको थियो ।

