२०८३, कार्तिक ११ गते बुधबार

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन


  • मेरोभ्यूज
  • कार्तिक ९, २०८३ सोमबार

  • बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन

     

    काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जीआईएस) प्रविधिमा आधारित शैक्षिक सूचना प्रणाली व्यवस्थापन तथा विद्यालय नक्साङ्कनसम्बन्धी सफ्टवेयर फाइल हस्तान्तरण गरिएको छ ।

    सो पालिकामा शैक्षिक सहकार्य गर्दै आएको ‘ग्लोबल एक्सन नेपाल’का कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठले नगरप्रमुख मीठाराम अधिकारीलाई सो सफ्टवेयरको फाइल हस्तान्तरण गरेको हो ।

    विगत केही वर्षअघिदेखि नै ग्लोबल एक्सन नेपालको संयोजनमा नगरपालिकाको आर्थिक सहयोग र ‘ज्ञान रिसर्च एन्ड लर्निङ रिसोर्स सेन्टर’को प्राविधिक सहयोगमा नगरपालिकाका सबै वडाका सामुदायिक तथा संस्थागत विद्यालयको भौगोलिक सूचना प्रणाली प्रविधिमा आधारित विद्यालय नक्साङ्कन तथा विद्यालयगत शैक्षिक सूचनाहरू व्यवस्थित गर्ने कार्य जारी रहेको थियो ।

    ती वडाका १९ विद्यालयका सम्बन्धित शिक्षकलाई प्रविधि सञ्चालन गर्ने तरिकासम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो ।

    हस्तान्तरण कार्यक्रममा नगरप्रमुख अधिकारीले प्रविधि निर्माण मात्र प्रमुख कुरा नभइ यसको उपयोगिता धेरै महत्त्वपूर्ण भएकाले अब सम्बन्धित वडाका विद्यालयले यसको उपयोग गर्ने विश्वास व्यक्त गरे ।

    नगरका शिक्षा शाखा प्रमुख ललितविक्रम सिंहले यस प्रविधिमार्फत देश-विदेशको जुनसुकै स्थानबाट सम्पूर्ण वडाहरू भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको दूरी तथा विद्यालयसम्बन्धी विवरण हेर्न र बुझ्न सकिने जानकारी दिए ।

    ग्लोबल एक्सन नेपालका कार्यकारी निर्देशक श्रेष्ठले यो कार्य शिक्षा क्षेत्रका लागि एउटा नविन तथा उपलब्धिमूलक हुने भएकाले यस साझेदारी नमूना सावित हुने बताए ।


    प्रकाशित : सोमबार, कार्तिक ९ २०८३०९:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार