२०८३, कार्तिक १८ गते बुधबार

हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्याउँदै त्रिभुवन विश्वविद्यालय

हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्याउँदै त्रिभुवन विश्वविद्यालय


  • मेरोभ्यूज
  • कार्तिक १७, २०८३ मंगलबार

  • हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्याउँदै त्रिभुवन विश्वविद्यालय

     

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्याइने भएको छ ।

    यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौता पत्रमा त्रि.वि.का रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेको हो ।

    सम्झौता अनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू विद्यार्थीको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत उनीहरूसम्म सुरक्षितरूपमा पुर्‍याइने छ ।

    कुल २२ बुँदामा समेटिएको उक्त सम्झौतामा प्रमाणपत्र तथा अन्य चिठीपत्रलाई व्यवस्थितरूपमा ढुवानी र वितरण गर्न हुलाक वस्तुलाई ट्र्याकिङ बारकोडसहित Postal Tracking System (PITS) मा दर्ता गरिनेछ । यस प्रणालीले कागजातहरू सही ठेगानासम्म पुगे/नपुगेको अनुगमन गर्न सहज बनाउने छ ।

    कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै त्रि.वि.का रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले विश्वविद्यालयका सेवाहरूलाई हुलाकसँग जोडेर विद्यार्थीको घरदैलोमै पुर्याउने लामो समयदेखिको योजना पूरा भएकोमा खुसी व्यक्त गरेका थिए ।

    त्यस्तै, हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीले हुलाक सेवा नागरिक र राज्यलाई जोड्ने सशक्त माध्यम भएको बताउँदै त्रिभुवन विश्वविद्यालयको यस कदममार्फत जनतालाई घर-घरमै सेवा पुर्याउने जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरेका थिए ।


    प्रकाशित : मंगलबार, कार्तिक १७ २०८३१०:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार