२०८३, कार्तिक ११ गते बुधबार

सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता

सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता


  • मेरोभ्यूज
  • मंसिर १६, २०७८ बिहीबार

  • सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता

    काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आइपियू) को १४३ औँ सम्मेलनमा सहभागी सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय टोली आज बिहान स्वदेश फर्किएको छ । 

    स्पेनको म्याड्रिडमा गत नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल यही मंसिर ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो । सम्मेलनका क्रममा सभामुख सापकोटाले आईपियू सभा तथा असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गरेका थिए । 

    सम्बोधनका क्रममा उनले विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरूका कारण असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत रहेको बताएका थिए । सभामुख सापकोटाले शासनको सबैभन्दा मनपर्ने स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नरहेकोतर्फ विश्व समुदायको ध्यानाकर्षण गराएका थिए । 

    स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग उनले आइपियू सम्मेलनमा नेपालको सहभागिता बहुआयामिक हिसाबले महत्वपूर्ण रहेको र सम्मेलनले दूरगामी महत्वको निष्कर्ष निकालेको बताए । 

    संविधान निर्माण, समावेशी, समानुपातिक प्रनिधित्वलगायत लोकतन्त्रका उपलब्धिलाई आफूले सविस्तार अन्तर्राष्ट्रिय समुदायको माझ राखेको उल्लेख गर्दै उनले सम्मेलनमा नेपालको प्रतिनिधित्व सही ढंगबाट भएको बताए । संविधान निर्माणपछि नेपाल लोकतान्त्रिक मार्गमा निरन्तर अघि बढिरहेको मुलुकका रुपमा अन्तर्राष्ट्रिय जगतले लिएको आफूले पाएको उनको भनाइ थियो । 

    फरक प्रसंगमा उनले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न आफू केन्द्रित हुने बताए । उनले संसद्को कामकारबाहीलाई नियमित गर्न सर्वदलीयलगायत सरोकार पक्षसँग तत्काल बैठक राख्नेसमेत बताए । 

    सभामुख नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा प्रनिधिसभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रियसभा सदस्य प्रमिला कुमारी र अगमप्रसाद वान्तवा राई, संघीय संसद्का महासचिव डा भरतराज गौतम, सचिव गोपालनाथ योगीलगायत सहभागी थिए । 


    प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०९:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार