२०८३, कार्तिक १३ गते शुक्रबार

चन्द्रागिरीमा हिमपात (फाेटाे फिचर)

चन्द्रागिरीमा हिमपात (फाेटाे फिचर)


  • मेरोभ्यूज
  • माघ २१, २०७८ शुक्रबार

  • चन्द्रागिरीमा हिमपात (फाेटाे फिचर)

    काठमाडाैं । गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडोमा हिमपात भएको छ । राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो । चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए ।

    गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो । पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ । 

    Snowfall_Chandragiri (11).jpg

    Snowfall_Chandragiri (1).jpg

    Snowfall_Chandragiri (10).jpg

    Snowfall_Chandragiri (8).jpg

    Snowfall_Chandragiri (9).jpg

    Snowfall_Chandragiri (6).jpg

    Snowfall_Chandragiri (7).jpg

    Snowfall_Chandragiri (5).jpg

    Snowfall_Chandragiri (2).jpg

    Snowfall_Chandragiri (3).jpg

    तस्वीरः प्रदीपराज वन्त/रासस


    प्रकाशित : शुक्रबार, माघ २१ २०७८०७:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार