काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा एक हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २० हजार ९८९ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ छ । सक्रिय संक्रमितमध्ये २६ हजार ४५० होम आइसोलेसन, ९९१ संस्थागत आइसोलेसन, २०६ आइसियू र ३६ जना भेन्टिलेटरमा रहेका छन् ।
आज दुई हजार २१५ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणबाट आज १४ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ११ हजार ८७८ पुगेको छ ।

