२०८३, कार्तिक १३ गते शुक्रबार

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्याे

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्याे


  • मेरोभ्यूज
  • फाल्गुण ३, २०७८ मंगलबार

  • नेप्से परिसूचक दोहोरो अङ्कले बढ्याे

    काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.३० अङ्कले बढेर दुई हजार ७५४.२८ र ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १०.८३ अङ्कले बढेर ५२२.१३ पुगेको छ ।

    सोमबार सामान्य अङ्क(०.०८)ले बढेको नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेपनि कारोबार रकम भने घटेको छ । आज कूल २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर रु तीन अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेमा कारोबार भएका १३ वटै उपसमूहका शेयर मूल्य उकालो लागेका छन् ।

    जसमा बैंकिङ १४.५७, व्यापार ३९.०९, होटल तथा पर्यटन ४९.८२, विकास बैंक १२७.३५, जीवन बीमा १८७.०३, जलविद्युत् १३८.१२, वित्त ६५.६८, अन्य ७५.६३, लघुवित्त १४५.७६, निर्जीवन बीमा १८५, उत्पादन ३७.०८ सामूहिक लगानी कोष ०.०३ र लगानी २.२६ अङ्कले बढेका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २२ करोड ७७ लाख ३९ हजार ४९० मूल्य बराबरको कारोबार भएको छ । 


    प्रकाशित : मंगलबार, फाल्गुण ३ २०७८०९:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार