२०८३, कार्तिक १२ गते बिहीबार

ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु


  • मेरोभ्यूज
  • मंसिर १८, २०७८ शनिबार

  • ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

    दमाैली । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा आजदेखि दोस्रो ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । झापुटारमा सुरु भएको सो प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ऋषिङ गाउँपालिका ‘बि’ विजयी भएको छ । ऋषिङ ‘बि’ले म्याग्दे गाउँपालिकालाई ३–० ले पराजित गरेको हो ।

    ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैका अनुसार उक्त प्रतियोगितामा तनहुँको व्यास नगरपालिका, भिमाद र शुक्लागण्डकी नगरपालिका, म्याग्दे, आँबुखैरेनी र घिरिङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिका, कास्कीको मादी गाउँपालिका र रुपाकोट गाउँपालिका, बाग्लुङको गलकोट नगरपालिका तथा नवलपुरको बौदीकाली गाउँपालिका सहभागी छन् ।

    आइतबार चार खेल सञ्चालन हुने दरैले बताउनुभयो । विकाससँगै खेलकुदका गतिविधिलाई अगाडी बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु एक लाख ४० हजार, रु एक लाख र रु ६० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


    प्रकाशित : शनिबार, मंसिर १८ २०७८०९:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार