२०८३, कार्तिक १३ गते शुक्रबार

अर्थमन्त्री भन्छन्– स्थानीय तहलाई आत्मनिर्भर बनाए मात्रै मुलुक समृद्ध बन्छ

अर्थमन्त्री भन्छन्– स्थानीय तहलाई आत्मनिर्भर बनाए मात्रै मुलुक समृद्ध बन्छ


  • मेरोभ्यूज
  • फाल्गुण २४, २०७८ मंगलबार

  • अर्थमन्त्री भन्छन्– स्थानीय तहलाई आत्मनिर्भर बनाए मात्रै मुलुक समृद्ध बन्छ

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताएका छन् । मंगलबार दिउँसो राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा उनले संघीयतालाई सुधार गरी मुलुकको विकास गर्न स्थानीय तहलाई प्रोत्साहन गर्नुपर्ने बताए । 

    ‘स्थानीय तहलाई आत्मनिर्भर नबनाई सुखै छैन’ उनले भने, ‘उत्पादन, निजी क्षेत्र, रोजगारी, प्राकृतिक स्रोतलगायत सबै क्षेत्रमा स्थानीय तहलाई आत्मनिर्भर बनाइयो भने देश अघि बढ्छ ।’ मन्त्री शर्माले स्थानीय तहमा विकृति भए सुधार गर्नुपर्ने तर सधैं गाली गरेर खराब मात्रै देखाउन नहुने बताए । 

    ‘स्थानीय तहमा केही नकारात्मक कुराहरु होलान् । तर, स्थानीय तहले धेरै सकारात्मक काम गरेका छन्’ उनले भने, ‘कोभिडको यत्रो महामारी भएका संक्रमित जनतालाई कसले बचायो ? थप जनसंख्यामा संक्रमण फैलन नदिनबाट कसले जोगायो ? सहरका ठूला अस्पतालमा भर्ति हुने मात्रै कोभिडका बिरामी थिए र ? ती बाहेकका पनि हजारौं बिरामी थिए र तीनलाई स्थानीय तहले आफ्नो स्रोत साधनको अधिकतम उपयोग गरेर उपचार गरेका हुन् भन्ने कुरा बिर्सनु हुँदैन ।’

    आयोग अध्यक्ष बालानन्द पौडेलसहित सदस्यले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणमा सघाउ पुग्ने गरी ‘अन्तर–सरकारी वित्तीय सम्बन्ध’ का विषयमा प्रस्तुति दिएका थिए । सो प्रस्तुति अपूर्ण भएको र थप सुक्ष्म ढङ्गले सुझाव पेश गर्न अर्थमन्त्री शर्माले निर्देशन दिए । 

     


    प्रकाशित : मंगलबार, फाल्गुण २४ २०७८०९:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार