२०८३, कार्तिक ११ गते बुधबार

नर्भिकको सेवा थप डिजीटाइज्ड, क्यूआरकोड स्क्यान गरे सबै सूचना पाइने

नर्भिकको सेवा थप डिजीटाइज्ड, क्यूआरकोड स्क्यान गरे सबै सूचना पाइने


  • मेरोभ्यूज
  • फाल्गुण २४, २०७८ मंगलबार

  • नर्भिकको सेवा थप डिजीटाइज्ड, क्यूआरकोड स्क्यान गरे सबै सूचना पाइने

    काठमाडौं । स्वदेशमै विश्वस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिक इन्टरनेशनल हस्पिटलले क्यूआरकोडबाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ । 

    नर्भिक अस्पतालले यहाँ उपलब्ध सबै सेवाको विषयमा जानकारी लिन चाहनेले वेबसाइटमा गएर स्क्रोल गर्नुपर्ने बाध्यता अन्त्य गर्दै क्यूआर कोड स्क्यान गरी ती विषयमा सहजै आवश्यक सबै जानकारी लिनसक्ने विशेषतासहितको नवीन सेवा सुरु गरेको हो । 

    यो सेवा कार्यान्वयनमा आएसँगै अब नर्भिक अस्पतालमा गरिएको ल्याबटेस्टको रिपोर्ट क्यूआर कोड स्क्यान गरी डाउनलोड गर्न सकिनेछ । क्यूआर कोड स्क्यान गरेपछि सोझै ल्याब रिपोर्ट डाउनलोड गर्ने पेजमा पुगिन्छ ।
     
    विशेषज्ञ चिकित्सकको ओपिडी समयको विषयमा आवश्यक जानकारीका लागि पनि मुख्य वेबसाइटमा गएर अप्सन खोज्न स्क्रोल गरिरहनुपर्दैन । ओपिडी टाइमिङको क्यूआरकोड स्क्यान गरेपछि सोझै सम्बन्धित पेजमा पुगिनेछ । सो पेजमा पुगिसकेपछि अनलाइनबाटै डाक्टरको अपोइनमेन्ट समेत लिन सकिने सुविधा उपलब्ध गराइएको नर्भिक अस्पतालले जनाएको छ ।

    नर्भिकमा उपलब्ध विशेषज्ञ चिकित्सकहरुको प्रोफाइलसमेत क्यूआर कोड स्क्यान गरी हेर्न सकिने सुविधासमेत उपलब्ध गराइएको छ । नर्भिक अस्पतालमा उपलब्ध विभिन्नस्तरका रुमहरुको विषयमा जान्न चाहनेका लागि समेत क्यूआर कोड उपलब्ध रहेको छ । 

    नर्भिकको ओपिडी र आइपिडी सेवामा उपलब्ध विभिन्न हेल्थ प्याकेजहरुको विषयमा पूरा जानकारीको आवश्यकता पर्नेले समेत वेबसाइटमा अलमलिनरहनु पर्नेछैन, सोझै क्यूआर कोड गरे पुग्ने फिचर थपिएको छ । कोही कसैलाई नर्भिक अस्पतालको विषयमा विवरण चाहिएमा, सम्पर्क नम्बर, ठेगाना वा यस्तै सामान्य जानकारी चाहिएमा वेबसाइट भिजिट गरिरहनुपर्दैन । त्यस्ता व्यक्तिका लागि समेत क्यूआर कोड स्क्यानको सुविधा दिइएको छ । क्यूआरकोड स्क्यान गर्नेबित्तिकै अस्पतालको ओभरभ्यू पढ्न पाइनेछ । 

    नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अस्पतालको मुख्य वेबसाइटमा यसअघि नै समावेश सूचनाहरुलाई व्यवस्थित गर्न र ती सूचनासम्म छरितो ढंगले सम्बद्ध  व्यक्तिको पहुँच स्थापित गर्न क्यूआर कोडको फिचर कार्यान्वयनमा ल्याइएको बताए । 


    प्रकाशित : मंगलबार, फाल्गुण २४ २०७८०९:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार