२०८३, कार्तिक १२ गते बिहीबार

मन्त्रिपरिषद् बैठक
५० वर्षमाथिका सबै नागरिककाे मिर्गाैला, मुटु र कलेजाेकाे निःशुल्क परीक्षण

५० वर्षमाथिका सबै नागरिककाे मिर्गाैला, मुटु र कलेजाेकाे निःशुल्क परीक्षण


  • मेरोभ्यूज
  • फाल्गुण २६, २०७८ बिहीबार

  • ५० वर्षमाथिका सबै नागरिककाे मिर्गाैला, मुटु र कलेजाेकाे निःशुल्क परीक्षण

    काठमाडाैं । सरकारले ५० वर्ष भन्दा माथि उमेर समूहका सबै नागरिककाे निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएकाे छ । विहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले साे उमेरसमूहका नागरिककाे मिर्गाैला, कलेजो, मुटुलगायत अन्य रोगसम्बन्धी परीक्षण निःशुल्क गर्ने निर्णय गरेकाे हाे । 

    वर्षको एकपटक उनीहरूकाे स्वास्थ्य परीक्षण निशुल्क रुपमा गर्ने निर्णय पनि गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडाले जानकारी दिए । मन्त्रालयले ५० वर्षमाथिका सबै नागरिककाे वर्षकाे एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेकाे थियाे । 

    मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेकाे छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवालगायत सबै मन्त्रीले अंगदान गर्ने घाेषणा गरेका छन् ।


    प्रकाशित : बिहीबार , फाल्गुण २६ २०७८१०:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार