२०८३, कार्तिक १४ गते शनिबार

स्थानीय तह निर्वाचन कार्यतालिका स्वीकृत, वैशाख ११ र १२ गते उम्मेदवारकाे मनाेनयन दर्ता

स्थानीय तह निर्वाचन कार्यतालिका स्वीकृत, वैशाख ११ र १२ गते उम्मेदवारकाे मनाेनयन दर्ता


  • मेरोभ्यूज
  • चैत्र ४, २०७८ शुक्रबार

  • स्थानीय तह निर्वाचन कार्यतालिका स्वीकृत, वैशाख ११ र १२ गते उम्मेदवारकाे मनाेनयन दर्ता

    काठमाडाैं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    निर्वाचन कार्यक्रमअनुसार आगामी वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयपत्र दर्ता, वैशाख १२ गते मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय भएको छ ।

    आगामी वैशाख १४ र १५ गते मनोनयपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम स्वीकृत भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

    आगामी वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यालय निर्वाचन अधिकृतको कार्यालयमा हुने आयोगले जनाएको छ । 


    प्रकाशित : शुक्रबार, चैत्र ४ २०७८०८:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार