२०८३, कार्तिक ११ गते बुधबार

राप्रपामा नयाँ नेतृत्व
राप्रपा अध्यक्षमा लिङ्देन विजयी, निर्मल निवासले हस्तक्षेप गरेकाे थापाकाे आराेप

राप्रपा अध्यक्षमा लिङ्देन विजयी, निर्मल निवासले हस्तक्षेप गरेकाे थापाकाे आराेप

महामन्त्रीमा राणा र शाही विजयी, लिङ्देन पक्षकी रेखा थापा पराजित


  • मेरोभ्यूज
  • मंसिर १९, २०७८ आइतबार

  • राप्रपा अध्यक्षमा लिङ्देन विजयी, निर्मल निवासले हस्तक्षेप गरेकाे थापाकाे आराेप

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले अध्यक्षका प्रत्यासी कमल थापालाई भारी मतान्तरले पराजित गरेका छन् । 

    आइतबार बिहान सम्पन्न मतगणनाबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १ हजार ८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १ हजार ६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको थियाे।

    अध्यक्षमा थापा पराजित भए पनि पदाधिकारीमा थापापक्षका अधिकांश उम्मेदवार विजयी भएका छन् । खुल्ला उपाध्यक्षमा  विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन्। दुवै प्यानलबाट उपाध्यक्षमा परेका थिए । पाण्डेले २ हजार ५२१ मत पाएका छन्।

    महामन्त्रीमा धवलशम्शेर राणा विजयी भएका छन् । उनी लिङ्देन पक्षबाट महामन्त्रीमा उठेका थिए । उनले  २ हजार २२१ मत ल्याए । राणा नेपालगन्ज उपमहानगर पालिकाका प्रमुख हुन् । 

    महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्तीकुमारी शाही विजयी भइन् । उनले २ हजार ८ मत ल्याइन् । महिला महामन्त्रीमा लिङ्देन समूहकी रेखा थापाले १ हजार ६४० मत ल्याएर पराजित भइन्।


    प्रकाशित : आइतबार, मंसिर १९ २०७८०७:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार