२०८३, कार्तिक ११ गते बुधबार

अफगानिस्तानमा तालिवानले छात्रालाई पनि विद्यालय जान दिने

अफगानिस्तानमा तालिवानले छात्रालाई पनि विद्यालय जान दिने


  • मेरोभ्यूज
  • चैत्र ४, २०७८ शुक्रबार

  • अफगानिस्तानमा तालिवानले छात्रालाई पनि विद्यालय जान दिने

    काबुल । अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो ।

    उनीहरुले महिलालाई रोजगारीसमेत गर्न प्रतिवन्ध लगाएका थिए । तर सर्वत्र आलोचना भएपछि उनीहरुले त्यस निर्णय फिर्ता लिइएको बताएका छन् । आलोचना, आग्रह र दवावका कारण महिला अधिकारको पुनर्वहाली गर्ने तालिवान सरकारको निर्णयप्रति संयुक्त राष्ट्रसङ्घले धन्यवाद ज्ञापन गरेको छ ।

    राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्ने दिने तालिवान सरकारको निर्णयको स्वागत गरे । अर्को हप्तादेखि छात्रसँगै छात्रालाई पनि विद्यालय जान दिने निर्णय सुनेर आफू हर्षित भएको उनले शुक्रबार उल्लेख गरेका छन् । तालिवान सरकारले यही मार्च २२ देखि छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वन गर्ने अधिकारीले जनाएका छन् ।

    तालिवान सरकारको यस निर्णयलाई महासचिव गुटेर्रेसले “महत्वपूर्ण र स्वागतयोग्य” भनेका छन् । छात्रसँगै छात्रालाई पनि शिक्षाको अधिकार दिएपछि उनीहरुको अन्य सुरक्षाको विषयमा पनि तालिवान सरकारको ध्यान पुग्ने उनले अपेक्षा व्यक्त गरे । बालिकालाई पढ्न दिने तालिवान सरकारको निर्णयको अन्य अन्तरराष्ट्रिय निकाय तथा मानवअधिकारवादी संघ संगठनले पनि स्वागत गरेका छन् ।


    प्रकाशित : शुक्रबार, चैत्र ४ २०७८१०:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार