२०८३, कार्तिक १५ गते आइतबार

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ मा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ मा, उपराष्ट्रपतिले उद्घाटन गर्ने


  • मेरोभ्यूज
  • चैत्र ६, २०७८ आइतबार

  • नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ मा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

    काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन यही चैत तेस्राे साता राजधानीमा हुने भएकाे छ । यही चैत २२ गते महासंघको चौथौ साधारणसभा र दोस्रो महाधिवेशन हुने भएको हो ।  नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा हुने महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको महासंघका उपाध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक गोविन्द कार्कीले जानकारी दिए ।

    उनका अनुसार उद्घाटन शत्रमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लगायत सरकारका अन्य उच्च अधिकारीहरुको समेत उपस्थिति हुनेछ । गतवर्ष नै हुनुपर्ने महासंघको केन्द्रीय महाधिवेशन कोरोना भाइरसको त्रासका कारण केही पर धकेलिएको थियो । महासंघका अध्यक्ष नरेश कटुवालको कार्यकाल समेत पूरा भएकाले महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । सकेसम्म सहमतिबाटै नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व तय गर्ने महासंघको तयारी छ ।


    प्रकाशित : आइतबार, चैत्र ६ २०७८०२:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार