२०८३, कार्तिक १५ गते आइतबार

आइसफल चिकित्सक टोली सगरमाथा आधार शिविरमा

आइसफल चिकित्सक टोली सगरमाथा आधार शिविरमा


  • मेरोभ्यूज
  • चैत्र ७, २०७८ सोमबार

  • आइसफल चिकित्सक टोली सगरमाथा आधार शिविरमा

    काठमाडाैं । सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो ।

    गत फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । टोलीले पाङबोचे गुम्बामा पूजा गरेर लामालाई साइत हेराएपछि काम सुरु गर्ने छ ।

    “अहिले टोली आधार शिविरमा बसेको छ”, उनले भने, “विगतझैँ यस वर्ष पनि साइतअनुसार काम सुरु हुन्छ ।” आइसफल चिकित्सकले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने काम गर्छन् । भर्याङ राख्नेदेखि डोरी टाग्नेलगायत काम उनीहरुले गर्नेछन् । आधार शिविरबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गरिन्छ ।


    प्रकाशित : सोमबार, चैत्र ७ २०७८१०:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार